आयुसालाई ममता र शान्ताले गरे स्टेसनरी र न्यानो कपडा हस्तान्तरण
मोरङ, पुस १५
मोरङ पथरीशनिश्चरे १० कि आयुशा राईलाई उर्लाबारीकी ममता राना मगर र शान्ता कुरुङम्बाङले स्टेसनरी र लत्ताकपडा सहयोग गर्नुभएको छ ।
उहाँहरु दुबै जना घरमै पुगेर आर्थिक सहयोग पनि गर्नुभयो । एकदमै ट्यालेण्ट तर अशक्त रहेको पाएपछि सहयोग गरेको शान्ताले बताउनुभयो । अहिले ११ वर्षकी भइन् तर उनि हिड्डुल गर्न भने सक्दीन्न ।
आयुसा राई ११ बर्षकी छिन् । उनी अपागंता भएकी वालिका हुन् । कक्षा २ मा पढ्ने उनको प्रतिभा तथा ट्यालेण्ट देखेर जो कोहि छक्क पर्छन् । हिडडुल गर्न नसक्ने उनी आफ्नो उपचार भए हिड्न मन भएको बताउछिन् । भविष्यमा उनी डाक्टर बन्न चाहान्छिन् । पढाई उनको एकदमै रामो रहेको छ ।

पछिल्ले समय सामाजिक सन्जालमा उनको चर्चा चुलिएको छ । उनको आवाज तथा प्रतिभाको सबैले कदर गरेका छन् । उनकी आमाक अनुसार टुर्घटनामा परेपछि आयुसा यस्ती भएकी हुन् । उनको खुट्टा चल्दैन् । तर एकदमै बाठी छिन् । ठुला अस्पतालमा आर्थिक अभावमा उपचार गराउन लान नसकेको परिवारको भनाई छ । ममता र शान्ताले पूर्वी नेपालका बिभिन्न सामाजिक क्षेत्रमा सहयोग पुर्याउँदै आउनुभएको छ ।
प्रकाशित मिति: १५ पुस २०७५, आइतबार












