भोजपुरबासीका लागि खुशीको खबर ! भोजपुर–काठमाडौं सातै दिन उडान हुँदै


 


भोजपुर, पुस २०

भोजपुर – काठमाडौं उडान थप गरिएको छ । यात्रुको चाप बढेसँगै अब हप्तामा सातै दिन उडान हुने नेपाल वायुसेवा निगम भोजपुरका सहायक स्टेसन प्रमुख राजु मिजारले जानकारी दिनुभया।

यसअघि हप्तामा छ दिनमात्र भोजपुर–काठमाडौं उडान हुँदै आएको थियो । नयाँ कार्यतालिकाअनुसार शनिवारबाट उडान हुने कार्यालयले जानकारी दिएको छ ।

त्यस्तै करीब एक महीनाबाट बन्द रहेको भोजपुर–विराटनगर उडान पनि शनिवारदेखि नै शुरु हुने भएको छ । आइतवार र बिहीवार गरी हप्तामा दुई दिन उडान हुने नेपाल वायुसेवा निगम भोजपुर कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: २० पुस २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्