ग्रामिण बिकाश अभियान ललितपुरको वार्षिक उत्सव सम्पन्न


 


ललितपुर, पुस २२

ग्रामिण बिकाश अभियान, ललितपुरले आफ्नो प्रथम वार्षिक उत्सव र्याली र सभाको आयोजना गरि भब्यतापूर्बक मनाएको छ।  ललितपुरस्थित वुड्सभाईल स्कुल परिसरमा आयोजित कार्यक्रममा बिद्यार्थी, अभिभावक लगायतको उपस्थितिमा प्लेकार्ड सहित र्याली आयोजना गरिएको थियो ।

दिगो बिकाश, समृद्धि र सामाजिक रुपान्तरणको लागि हाम्रो अभियान भन्ने मूल नाराका साथ भएको सो संस्थाको बार्षिकोत्सबमा विभिन्न अतिथीहरुले आआफ्ना धारणा राख्नुभएको थियो। संस्थाका अध्यक्ष एकराज भुजेलको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथी बहुउद्देश्यीय अनुसन्धान विकास र नमुना सामाजिक संस्थाका अध्यक्ष ख्यालमान राईले गैह्र सरकारी संस्थालाई आजको परिबेशमा फिल्डमा काम गर्न त्यति सजिलो नभएको अवस्था भएकाले निकै सक्रिय भएर काम गर्न सुझाब दिनुभयो।

ग्रामीण भन्ने बित्तिकै शिक्षा, स्वास्थ्य, बाटोघाटो जस्ता कुरामा काम गर्नु पर्ने भएको हुनाले यी क्षेत्रलाई नभुली काम गर्न सुझाब दिनुभएको थियो।  स्वागत मन्तव्य संस्थाका सदस्य पदम बहादुर सूर्यबंशीले राख्नुभएको थियो भने कार्यक्रममा बहुउद्धेशीय क्लिनिङ् सर्भिस प्रालीका प्रबन्ध निर्देशक तथा संस्थाका सल्लाहकार एकराज आचार्य, समाजसेवी सुदीप अधिकारीले शुभकामना मन्तब्य राराख्नुभएको थियो ।

कार्यक्रम मन्दिरा राईले संचालन गर्नुभएको थियो । कार्यक्रममा युवा गजलकार राजकुमार राई “भुल्केली साइलो” ले राष्ट्रप्रेमले भरिएको गजल बाचन गर्नुभएको थियो भने विविध गतिविधिमा स्वयंसेवकको रुपमा खटी काम गर्ने १४ जनालाई सम्मान पनि गरिएको थियो।

ग्रामीण विकास अभियान सामाजिक संस्थाले सामाजिक सशक्तिकरणको लागि नेतृत्व, शिक्षा, स्वास्थ्य, स्वरोजगारिता, उद्यमसिलता, सामुदायिक विकास, वातावरण संरक्षण, गरिबी निवारण, व्यावसायिक खेती प्रणाली, मानवअधिकार, कानुनी शासन, दैवीप्रकोप तथा विपत्तिमा सहयोग पुर्याउने जस्ता सामाजिक कार्य गर्दै आइरहेको छ।

प्रकाशित मिति: २२ पुस २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्