सुनकाे भाउ अाेरालाे लाग्याे


 


काठमाडाै, कार्तिक २२

सुनको भाउ आइतवार पुनः घट्दै प्रतितोला ४९ हजार रुपैयाँमा ओर्लिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोवारको तुलनामा ४ सय रुपैयाँ प्रतितोला घटेर सुन सोही मूल्यमा कायम भएको हो।

यसअघिको एक सातामा मात्रै सुनको भाउ तोलामा ११ सय रुपैयाँले घटेको थियो।  त्यस्तै चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ। अघिल्लो कारोवारमा प्रतितोला ७ सय ५ रुपैयाँ रहेको चाँदी आज ७ सय रुपैयाँमा आएको छ।

सुनको उच्च माग हुने भारतमा दिपावलीका कारण माग थप बढेको छ। तर अन्तर्राष्ट्रिय बजारमै मूल्यमा कमी आएपछि सुनको भाउ घटेको विश्लेषकहरुले जनाएका छन्।

प्रकाशित मिति: २२ कार्तिक २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्