प्रदेश निर्वाचन पूर्वाधार विकास कार्यक्रमको बजेट मुख्यमन्त्री राईले कहाँ—कहाँ बाडफाँड गरे ? (सूचिसहित)


 


विराटनगर, पुस ३०
प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगत आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बजेट बाडफाँड गर्नुभएको छ । पूर्वाधार विकास कार्यक्रमको २ करोड बजेट भोजपुर क्षेत्र नं २ प्रदेश सभा सदस्य समेत रहनुभएका राईले बाडफाँड गर्नुभएको हो ।

उहाँको निर्वाचन क्षेत्रमा आमचोक, हतुवागढी र रामप्रसाद राई गाउँपालिका पर्दछन् । त्यस्तै ट्याम्के मैयुङ गाउँपालिकाको साविकका लेखर्क, गोगने र कोटका चार वटा वडा पर्दछन् । त्यस्तै पौवादुङ्मा गाउँपालिकाको च्यांग्रे, सानोदुम्मा, ठूलोदुम्मा र वास्तिम गरेर चारवटा वडा पर्दछन् ।

भोजपुर नगरपालिकाको साविकका टक्सार आम्तेक र भोजपुर गाविसका वडाहरु प्रदेश निर्वाचन क्षेत्र २ मा पर्दछन् । मुख्यमन्त्री राईले निर्वाचन क्षेत्रमा गएर कार्यक्रम छनौट, सञ्चालन तथा व्यवस्थापन समितिको बैठकबाट सर्वसम्मत ढंगले बजेट बाडफाँड गर्नुभएको हो ।

समितिमा सम्बन्धित निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद संयोजक, समानुपातिक प्रदेश सांसद सदस्य, जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुख, सम्बन्धित निर्वाचन क्षेत्रका नगरपालिका, गाउँपालिका प्रमुख सदस्य रहने व्यवस्था छ । त्यस्तै जिल्ला समन्वय अधिकारी सदस्य सचिव रहेन कार्यविधिमा व्यवस्था छ ।

बजेट बाडफाँड गर्दा पाँच लाखदेखि माथि १६ वटा योजनाभित्र रहेर गर्नुपर्ने प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम (संचालन) नियमावली, २०७५ मा उल्लेख छ । मुख्यमन्त्री राईले सडक, विद्युत विस्तार तथा भौतिक पूर्वाधारको क्षेत्रमा बजेट बाडफाँड गर्नुभएको छ ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगत छनोट गरिएका योजनाहरु चाडै सम्झौता गरी प्रभाकारी ढंगले कार्यान्वयन गर्न मुख्यमन्त्री राईले सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ । योजनाहरुको माग धेरै भएकाले कार्यविधिको अधिनमा रहेर बजेट बाडफाँड गर्नुपरेको मुख्यमन्त्री राईको भनाई छ । छुटेका योजनाहरु आगामी कार्यक्रममा समावेश गरिने मुख्यमन्त्री राईले बताउनुभयो ।

बजेट बाडफाँडकोे सूची हेर्नुहोस्

हतुवागढी पेकला दितेनी लुङ्गीन हतुवागढी २ कावाखोला लघुजल विद्युत विस्तार २५ लाख
आम्चोक ३ थिदिंखा चुमाराङ्ग थर्पुडाँडा माङ्गतेला एखुवाखोला सडक १० लाख
पौवादुम्मा – मिरा राई सामुदायिक विकास केन्द्र भवन निर्माण २० लाख
आम्चोक–१० पांचा चिउरीभञ्ज्याङ्ग धारापानी सडक मर्मत तथा निर्माण २२ लाख
रामप्रसाद राई वैकुण्ठे भुइदल घलेगाउँ विद्युत विस्तार ७ लाख
भोजपुर नपा एयरपोर्ट जाने सडक मोडदेखि वुद्धविहार हुदै दारेगौडा जोडने सडक निर्माण १० लाख
भोजपुर न.पा. टक्सार पुरानो डवलीदेखि जुकेखोला सम्मको सडक स्तरोन्नति १० लाख
भोजपुर नपा किराँत राई यायोख्खा भोजपुर सभाहल तथा माङ्गखिम निर्माण १० लाख
हतुवागढी हसनपुर जनसेवा मावि कम्पाउण्ड वाल निर्माण÷खेलमैदान निर्माण १० लाख
भोजपुर नपा आम्तेक राङ्गभाङ्गगे जाल्पादेवी मन्दिर भवन निर्माण ५ लाख
रामप्रसाद राई गाउँपालिका–८ वासीखोरा भञ्ज्याङ्ग रक्सुवा सडक निर्माण ९ लाख
हतुवागढी सिन्द्राङ्ग वालाङ्गखीम चेम्खा वाराताङ्ग दुम्रे सडक १० लाख
भोजपुर नपा महिला तथा वालवालिका पीडित सेभ हाउस निर्माण १५ लाख
भोजपुर नपा – ७ पुष्प श्रेष्ठको घरवाट जनसेवा हुदै शनिवारे हटिया जाने सडक निर्माण १० लाख
पौवादुम्मा दुुम्माली संग्राहलय भवन निर्माण च्याङ्गग्रे १५ लाख
टयाम्के मैयुङ गा.पा. ७ कोट विद्युत विस्तार १० लाख
कार्यविधि अनुसारको प्रशासनिक खर्च २ लाख

प्रकाशित मिति: ३० पुस २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्