टेलिकमले प्रिपेड सेवामा नयाँ सुविधा ल्यायाे


 


काठमाडाै, कार्तिक २४

नेपाल टेलिकमले जिएसएम प्रिपेड सेवामा पनि फ्रेन्डस एण्ड फेमिली सेवा उपलब्ध गराउने भएको छ । भोलि बुधबारदेखि प्रदान गरिने सुविधा अन्तरगत टेलिकमको नेटवर्क भित्रका ५ वटा नम्बरमा कल गर्दा प्रतिमिनेट ७० पैसा मात्र महसुल लाग्ने व्यवस्था गरिएको छ ।

यो सुविधा लिन ग्राहकले FNFSUB* सँगै मोबाइल नम्बर लेखेर १४१५ मा एसएमएस पठाउनु पर्नेछ । त्यसैगरी आफुले सुविधा लिन चाहेको फरक-फरक नम्बर राखेर ५ पटकसम्म एसएमएस गर्न सकिने छ ।

एक पटकमा एउटा मात्र नम्बर एसएमएस गर्नुपर्ने टेलिकमले जनाएको छ । यसैगरी टेलिकमले सिडिएमए (प्रिपेड-पोष्टपेड) सेवामा फ्रेन्डस एण्ड फेमिली सुविधामा प्रति मिनेट ५५ पैसा महसुल लाग्ने नयाँ व्यवस्था गरेको छ ।

यसअघि प्रतिमिनेट ७० रुपैयाँ महसुल थियो । जिएसएम पोष्टपेड सेवामा यसअघि यो सुविधा अन्तरगत तीनवटा मात्र नम्बर राख्न पाइनेमा अब ५ वटा नम्बर राख्न पाइने भएको छ ।

जिएसएम पोष्टपेडमा फ्रेन्डस एण्ड फेमिली सुविधा लिन FNF पछि स्पेस राखी क्रमश ५ वटा नम्बर लेखेर १४०० मा एसएमएस पठाउनु पर्नेछ ।

टेलिकमले पोस्टपेडमा मात्र दिँदै आएको यो सुविधालाई प्रिपेडमा पनि दिने निर्णय मंगलबार गरेको हो। ‘यो सुविधालाई प्रिपेडमा पनि थपेका छौं,’ टेलिकमका निर्देशक एकराज सुवेदीले भने, ‘अन्य सेवामा पनि सुविधा थपेका छौं ।’

टेलिकमले यो सुविधा जिएसएम पोष्टपेडमा मात्र दिँदै आएको थियो। पहिले पोस्टपेडमा ‘फ्रेन्डस् एण्ड फेमिली’ सुविधा अन्र्तगत ३ वटा मात्र नम्बरमा दिइएमा अब यो सुविधालाई ५ वटा नम्बरमा गर्न सकिने व्यवसस्था मिलाएको छ।

यो सुविधा लिनको लागि एफएनएफ पछि स्पेस राखि क्रमशः ५ वटा नम्बरहरू लेखेर १४०० मा एसएमएस पठाउनु पर्छ।

प्रकाशित मिति: २४ कार्तिक २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्