मोरङको लेटाङमा आगलागी, ५० लाखको क्षति
मोरङ माघ ३
मोरङको लेटाङ नगपालिका – ९ स्थित बंशराज दाहालको घरमा आज बेलुका आगलागी हुँदा रु ५० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।
बिधुत चुहावट भएर भएको आगलागीबाट दाहालको दुई तले काठको घर जलेर नष्ट हुँदा घर, घरभित्र रहेका अन्न्पात, लत्ताकपडा, सुनचाँदी लगायतका सामान जलेर नष्ट हुँदा सो मुल्य बराबरको क्षति भएको हो ।

आगोलाई स्थानीयबासी, प्रहरी तथा सुन्दरहरैँचा नगरपालिका र इटहरी उपमहानगरपालिकाको वारुण यन्त्रको सहयोगमा करिब एक घण्टापछि नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यलय लेटाङका प्रमुख प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: ३ माघ २०७५, बिहिबार












