आफ्ना लागि चुनावमा भोट माग्ने डा गोविन्द केसीको माग पूरा गर्न गगन थापाको माग भिडियो सहित
काठमाडाैँ । नेपाली काङ्ग्रेसका नेता तथा सांसद गगन थापाले आफ्ना लागि गत चुनावमा भोट मागिदिएका डा गोविन्द केसीसँग भएको सम्झौताअनुसार नै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्न आग्रह गरेका छन । सरकारले चाहेमा अझै पनि डा केसीसँगको सम्झौतालाई विधेयकमा समेट्न सक्ने भन्दै उनले केसीको माग पूरा गर्न अनुरोध गरे ।
शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेपनि संसद्मा विधेयकमाथि आफूले फरक मत राख्ने ठाउँ जीवितै रहेको बताउँदै नेता थापाले बिहीबार पत्रकार सम्मेलन गरी भने, “सरकारले चाहेमा सदनको प्रक्रियालाई पूर्ण सम्मान गर्दै डा केसीको सम्झौतालाई विधेयकमा समेट्ने ठाँउ बांँकी नै छ ।”
थापाका लागि गत चुनावमा गोविन्द केसीले यसरी मागेका थिए भोट
प्रकाशित मिति: ३ माघ २०७५, बिहिबार












