माछापुच्छ्रे बैंकको ३ नयाँ शाखा उद्घाटन


 


काठमाडौं, माघ ५
माछापुच्छ्रे बैंक लिमिटेडले काठमाडौंस्थित कुलेश्वर शाखा कार्यालयको औपचारिक शुरुवात गरेको छ । त्यस्तै तनहुँस्थित भिमाद र कन्चनपुरस्थित आईबिआरडी एक्सटेन्सन काउण्टरलाई शाखामा स्त्तरोन्नती गरी सञ्चालनमा ल्याएको छ ।

बैंकले मिति माघ ४ गते काठमाडौं महानगरपालिकास्थित कुलेश्वर शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष तथा पूर्व सभासद डा. विरेन्द्र प्रसाद महतोले गर्नुभयो ।

नयाँ शाखाहरु मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । बैंकको कुलेश्वर शाखामा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरिएको छ । यस सँगै काठमाडौं उपत्यकाभित्र बैंकको शाखा सङ्ख्या १९ पुगेको छ ।

बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ९३ वटा शाखाहरु र ५२ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १४५ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ११२ वटा एटीएमहरु संचालनमा रहेको छ ।

प्रकाशित मिति: ४ माघ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्