सुनकाे भाउ घट्याे


 


भाेजपुर, मंसिर १

पहेलाे धातु अर्थात सुनकाे भाउ मंगलबार घटेकाे छ । सुनको भाउ ५ सय रुपैयाँले घट्दै ४८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि हिजो सोमबार सुन प्रतितोला ४९ हजार रुपैयाँमा कारोबार भएको थियो। मंगलबार चाँदी प्रतितोला ६ सय ८० रुपैयाँमा कारोबार भएको छ। आइतबार देखि चाँदीको मूल्य स्थिर रहेको छ।

प्रकाशित मिति: १ मंसिर २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्