योजनाको निरीक्षण गर्दै प्रदेश सांसद लिम्बू


 


उर्लाबारी, माघ ७

मोरङको उर्लाबारी किसान चौक हुँदै टाँडी–रमिते सडकको स्थलगत निरीक्षण गरिएको छ । सोमबार मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल), प्रदेश नं १ को भौतिक पूर्वाधार बिकास मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालय मोरङका डिभिजन इन्चार्ज सुशिल श्रेष्ठ, मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देबीप्रसाद आचार्य, वडा नं. १ का वडाध्यक्ष नरबहादुर राई (जीवन), ३ नम्बरका वडाध्यक्ष खगेन्द्र मादेन, उर्लाबारी नगपालिका वडा नं. १ का वडाध्यक्ष मचिन्द्र कार्की, ४ नम्बरका वडाध्यक्ष लक्ष्मी धिमाललगायतको टोलीले उर्लाबारी, टाँडी र रमितेमा पुगेर सडकको अवस्थाका बारेमा निरीक्षण गरेका हुन् ।

प्रदेश सरकारको बहुबर्षीय योजनामा परेको उक्त सडक कालोपत्रेका लागि चालु आर्थिक बर्षमा १२ करोड रुपैयाँ विनियोजन भएको र चाँडै ठेक्का लाग्ने प्रदेश सांसद लिम्बूले जानकारी दिए । उक्त सडक कालोपत्रे नहुँदा स्थानीयबासीहरु बर्षौदेखि प्रभावित बन्दै आएका थिए । त्य

स्तै, उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउपालिकाको सिमानामा रहेका मिक्लु खोलाको पुल निर्माणका लागि टेण्डर आव्हानसमेत भइसकेको छ । उक्त पुल निर्माणका लागि ९ करोड रुपैयाँ विनियोजन भएको छ ।

त्यस्तै, मिक्लाजुङको गौरबको योजनाको रुपमा रहेको मिक्लाजुङको केन्द्र मधुमल्ला बजारदेखि टाँडी हुँदै रमिते जोड्ने सडक खण्डको समेत निरीक्षण गरिएको छ । त्यस्तै, मिक्लाजुङ–१ रमितेको लावा खोलामा पुल निर्माण गरिने भएको छ । उक्त पुलको अवस्थाबारे निरीक्षण गर्दै पुल निर्माणका लागि माटो परिक्षण चाँडै गरिने डिभिजन इन्चार्ज श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: ७ माघ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्