डडेल्धुरामा चट्याङ लागेर एकजनाको मृत्यु


 


डडेल्धुरा : डडेल्धुरामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आलिताल गाउँपालिका तीन बागथलाका ३० वर्षीय हर्कबहादुर थापा रहेका छन् । आज बिहान दश बजेतिर घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै आलिताल ५ भित्रीसैनमा पनि चट्याङ लागेर दुईजना घाइते भएका छन् । घाइते हुनेमा मानबहादुर विष्ट र गोमति विष्ट रहेका छन् । दुबै जनाको सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: ८ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्