आज गोविन्द केसीले पठाए यस्तो सन्देश – भिडियो सहित


 


काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा अनसनरत डाक्टर गोविन्द केसीलाई यसअघि अनसन बस्दै आएको स्थानमा सारिएको छ । अस्पतालको जनरल वार्डवाट उनलाई आज गणेशमान सिंह भवनको कोठामा सारिएको हो ।

नयाँ ठाँउमा सरेपछि भिडियो सन्देश जारी गर्दै डाक्टर केसीले सम्झौता अनुसार नै चिकित्सा शिक्षा विधेयक अगाडि बढाउन सांसदहरुले सहयोग गर्ने आशा व्यक्त गरेका छन् ।

उनले चिकित्शा शिक्षा विधेयकवाट हटाइएका जनतामुखी र विद्यार्थीमुखी ऐनका थप्न सांसदहरुले भूमिका खेल्ने अपेक्षा राखेको बताएका हुन । डाक्टर केसी सरकारले सदनमा पेश गरेको चिकित्सा शिक्षा विधेयकमाथि असहमति जनाउदै १४ दिनदेखि अनसनमा छ । पछिल्लो समय उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ ।

अनशन बसेको १४ औँ दिनमा डा. गोविन्द केसीले सांसदलाई भिडियो सन्देश पठाएका छन् । हेर्नुस् भिडियो

प्रकाशित मिति: ८ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्