प्रस्तावित तीन राजदूतको नाम अनुमोदन


 


काठमाडौं : संसदीय सुनुवाइ समितिले प्रस्तावित ३ जना राजदूतको नाम अदमोदन गरेको छ । मंगलबार बसेको समितिको बैठकले कुवेतका लागि दुर्गाप्रसाद भण्डारी, क्यानाडाका लागि भृगु ढुंगाना र स्वीट्जरल्यान्डका लागि मणिप्रसाद भट्टराईको नाम अनुमोदन गरेको हो ।

तीनैजना राजदूतको सर्वसम्मतिले अनुमोदन भएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । अब राजदूत सिफारिस गर्दा समावेशी रूपमा नगरेकोमा सरकारलाई सचेत गराउने र आगामी दिनमा सिफारिस गर्दा समावेशी रूपमा गर्न निर्देशसमेत दिएको छ ।

यसअघि गणेशप्रसाद ढकाल थाइल्यान्ड र दीपक अधिकारी फ्रान्सका लागि राजदूतमा अनुमोदित भइसकेका छन् । समितिको बिहीबारको बैठकले दुवैको नाम अनुमोदन गरेको थियो ।

प्रकाशित मिति: ८ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्