विराटनगरमा टेम्पो दुर्घटनामा पाँच जना घाइते


 


विराटनगर, माघ ८

कोसी राजमार्ग अन्तर्गत विराटनगर महानगरपालिकाको बरगाछीमा आज दिउँसो भएको टेम्पो दुर्घटनामा परेर पाँच जना घाइते भएका छन् ।
उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १ ह ७७४ नम्बरको टेम्पो सडकमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा विराटनगर ५ का ३८ वर्षीय तवरेज आलम, सुनसरी सोनापुरका ७० वर्षीय चन्द्रबहादुर राउत, मोरङको धनपालन गाउँपालिका १ की ६५ वर्षीय भेगनीदेवी साह, विराटनगर १५ की २८ वर्षीय ममता साह र विराटनगर ११ की २५ वर्षीय सुमिक्षा बुढाथोकी घाइते भएका छन् ।

घाइते मध्ये वृद्ध राउतको अवस्था गम्भीर छ । घाइतेहरुको विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको टेम्पोमा सामान्य क्षति पुगेको छ ।

प्रकाशित मिति: ८ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्