विराटनगरमा तरुण दलको प्रदर्शन


 


विराटनगर, माघ ८

नेपाली काँग्रेसको भ्रातृ संगठन तरुण दलले प्रदेश नं. १ को अस्थायी राजधानी विराटनगरबाट सरकार विरोधी आन्दोलन सुरु गरेको हो ।
तरुण दलका केन्द्रीय नेताको सहभागितामा आज विराटनगराट सुरु भएको आन्दोलन सातै प्रदेशमा हुनेछ ।

विरोध सभालाई सम्बोधन गर्दै नेपाल तरुण दलका केन्द्रीय सभापति जितजंग बस्नेतले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गर्नुभएको छ ।

उहाँले एउटा बच्चीको बलात्कार र हत्या हुँदासमेत सरकार नै त्यसलाई ढाकछोप गर्न सक्रिय भएको आरोप लगाउनुभयो । सरकारलाई भ्रष्टाचारमुक्त बनाउन दबाब दिने उद्देश्यले तरुण दल आन्दोलन लिएर सातवटै प्रदेशमा गएको नेताहरुले बताए । भ्रष्टाचारमा सरकार नै फसेकोले यसको विरोधमा सडकमा आउनु परेको र समृद्धिको कुरा गर्ने सरकार असफल बन्दै गएको दाबी गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीलाई जनताले समृद्ध नेपाल बनाउने आशामा दुई तिहाई मत दिएको तर त्यसको त्यसको अवमूल्यन भएको नेताहरुले आरोप लगाएका छन् ।

प्रकाशित मिति: ८ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्