साढे दुई करोड ठगी गर्ने महिला पक्राउ


 


काठमाडौं : आफ्नो परिवार लण्डनमा रहेको भनी धाकधक्कु दिदैं ठगी गर्ने एक महिलालाई प्रहरी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले बाग्लुङ वडीगार्ड गाउँपालिका वडा नम्बर ८ बस्ने ४२ स्नेहा भन्ने सरिताकुमारी रानालाई प्रहरीले पक्राउ गरेको हो ।
रानाले मेरो परिवार लन्डनमा छ भनी पोखरा लेखनाथ महानगरपालिका विभिन्न स्थान बस्ने विभिन्न चिनजानका व्यक्तिहरूलाई घर जग्गा खरिद गर्न, जग्गासँग घर साटी दिने जस्ता विभिन्न प्रलोभन देखाउने तथा, आफूलाई आपत् प¥यो भनी ऋण लिएर ठगी गर्ने गरेको प्रहरी नायव उपरीक्षक (डिएसपी) रविन्द्रमान गुरुङले जानकारी दिए ।

उनले अहिलेसम्म दुई करोड ५० लाख रुपैयाँ भन्दा बढी ठगी गरेको प्रहरीमा मौखिक उजुरी आएको डिएसपी गुरुङले जानकारी दिए । रानाले आफूलाई भिआइपी देखाउन फ्ल्याट तथा कार भाडामा लिएर प्रयोग गर्ने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । उनले काम गर्ने कामदारदेखि ड्राइभरसमेत भाडामा राखेकी थिइन् । रानाले आफ्नो परिवार लन्डनमा भएको भनेपनि कोही पनि परिवारको सदस्य लन्डनमा नभएको खुलेको छ । काठमाडौं दरबारमार्गबाट पक्राउ परेकी उनलाई उच्च अदालतबाट बैंकिङ कसुर मुद्दामा म्याद थप अनुमति लिई गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ८ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्