भोजपुर केन्द्रबिन्दु बनाएर मध्यरातमा भूकम्प गयो


 


काठमाडाैं । प्रदेश नम्बर एकको पहाडी जिल्लाहरूमा मंगलबार राति भूकम्पको धक्का महसुस भएको छ । मंगलबार राति साढे १० बजे पूर्वको पहाडी जिल्लाहरू भोजपुर, खोटाङ, संखुवासभा र धनकुटाका केही भागमा भूकम्पको धक्का महसुस भएको हो ।


भोजपुरको रामप्रसाद गाउँपालिकास्थित बैकुण्ठे केन्द्रबिन्दु बनाएर ४.५ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प मापन केन्द्रको अनुसार स्थानीय समय राति करिब साढे १० बजे (UTC 16:45) मा सो धक्का महसुस गरिएको हो ।

भूकम्प गएपछि भोजपुरसहितका पहाडी क्षेत्रका बासिन्दा त्रसित भएर बाहिर निस्केका थिए ।
मंगलबार बिहान पनि काठमाडौँको थापाथलीलाई केन्द्रबिन्दु बनाएर परकम्प गएको थियो ।

प्रकाशित मिति: ९ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्