पूर्वकाे फेवाताल अर्थात सुनसरीको मनमोहक बर्जु ताल


 


काठमाडाैं माघ १३
सुनसरीको बर्जु गाउँपालिका ६ मा रहेको बर्जु ताल १५१ विगा क्षेत्रफलमा फैलिएको विशाल र रमणिय ताल हो । १ सय बिघाको क्षेत्रफल पुरै जलाशयले ढाकेकाे यो ताललाई अझै व्यवस्थित गर्ने हाे भने क्षेत्रफल बढ्ने बताउनछन् प्रदेश एकका युवा नेता विरेन्द्र वस्नेत ।

प्रदेश १ मा पर्ने यो ताल पर्यटकीय दृष्टिले पनि निकै महत्वपूर्ण रहेको छ । अहिले पूर्वकै बिभिन्न प्रमुख पर्यटकीय स्थान मध्ये एउटा बर्जुताल पनि हो । तर यो तालको संरक्षण र प्रबर्ददनको अभावका कारण ताल व्यवस्थित हुनसकिरहेको छैन ।

यो तालको राम्रोसँग संरक्ष र प्रवद्र्धन गर्ने हो भने यो सुन्दर ताल क्षेत्र प्रदेश १ को समृद्धिको महत्वपूर्ण आधार बन्ने देखिन्छ । यो तालमा साइवेरियादेखि चराहरु रमाउन आउने गर्दछ । यो क्षेत्र माछा पालनका लागि पनि निकै राम्रो संभावना रहेको नेता वस्नेत बताउँछन् ।

धार्मिक पौराणिक महत्वको रुपमा रहेको पर्यटकीय स्थल बर्जुताल संरक्षणमा केही वर्षयता स्थानीय वासिन्दाहरुले चासो देखाउन थाले पछि चहलपहल भने बढ्न थालेको छ । तर यो क्षेत्रको राम्रो विकास गर्ने हो भने संसारभरीका पर्यटकका लागि सुन्दर र सुरक्षित गन्तव्य बन्ने देखिन्छ ।
बर्जुतालको संरक्षणमा खटिएका स्थानीयको मात्रै पहल र प्रयत्नमा यो क्षेत्रको गुणात्मक विकास हुने छाँट देखिँदैन । स्थानीय, प्रदेश र केन्द्र सरकारकै संयुक्त कार्यक्रम बनाएर बर्जुताललाई विकसित पर्यटकीय सिमसार क्षेत्रको रुपमा विकास गर्ने हाे भने जैविक विविधताले भरिपूर्ण रहेकाे बर्जु ताल पूर्वकाे फेवाताल बन्ने वस्नेतकाे भनाइ छ ।

बर्जु ताल प्रदेश एकको सबैभन्दा ठूलो जलाशय क्षेत्र पनि हो । पछिल्लो समय बर्जु तालमा पिकनिकदेखि अध्ययन अनुसन्धानका लागि पनि धेरै जानेहरुको संख्या बढ्दो छ । गएको वर्ष ताललाई व्यवस्थित गर्न नेपाली सेनाले काम गरेको थियो । तीन करोड ६३ लाख वजेटमा सेनाले ताल सफाई गर्ने, तालका चारै तर्फ वाँध निर्माण लगायतको काम सम्पन्न गरेको थियो । सेनाले मूख्य ताल रहेको क्षेत्रको बीचमा शिव मन्दिरसमेत निर्माण गरिदिएको छ । जसले गर्दा तालको शोभा बढेको छ । तर याे बर्जु ताल अझै पनि सिंहदरबारले देख्न र चिन्न नसेकाे पूर्वकाे फेवाताल हाे ।

प्रकाशित मिति: १३ माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्