सुनकाे मूल्य घट्याे


 


काठमाडाैं, मंसिर १०

सुनकाे मूल्य बिहिबार प्रतितोला १ सय ५० रुपैयाँले घटेको छ । बुधबार  प्रतितोला ४८ हजार ५ सय ५०  रुपैयाँ कारोबार भएको सुन बिहिबार  प्रतितोला ४८ हजार ४ सय रुपैयाँ कायम भएको छ।

यो मूल्य बुधबारको भन्दा १ सय ५० रुपैयाँले कमी हो । त्यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । यस अघि बुधबार  चाँदी प्रतितोला ६ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज आज बिहिबार पनि प्रतितोला ६ सय ७५  रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

पछिल्लो समय सुनको माग केही बढ्दै गएको महासंघले जनाएको छ। विवाहको सिजन सुरु भएसँगै सुनको माग बढ्न गएको हो ।

प्रकाशित मिति: १० मंसिर २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्