मेडिकल कलेजको सिण्डिकेट तोड्ने कानुनको बिरोधमा कांग्रेसले भोली देशभर प्रदर्शन गर्ने


 


काठमाडाैँ माघ १३
मेडिकल कलेजको सिण्डिकेट तोड्ने कानुनको बिरोधमा कांग्रेसले सोमबार देशभर प्रदर्शन गर्ने भएको छ । आइतबार बसेकाे कांग्रेस केन्द्रीय समिति बैठकले सोमबार देशैभर सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेकाे हो ।

शुक्रबार प्रतिनिधिसभाको बैठकबाट पारित भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकले सीमित मेडिकल कलेजको सिण्डिकेट तोड्ने भएपछि विक्षिप्त बनेको नेपाली कांग्रेसले त्यसको बिरोधमा सरकारविरूद्ध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

कांग्रेसले अाफूहरूको विरोधकाबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको र पार्टीका पूर्व सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको दुई वटा अस्पताल प्रदेश सरकारको मातहतमा लगेर संघीयता बलियो बनाउन खोजेको भन्दै अापत्ति जनाउँदै अाएको छ ।

कांग्रेस बैठकले आमरण अनसनमा रहेका नेविसंघका पूर्व नेता डा. गोविन्द केसीको जीवन रक्षाका लागि तत्काल पहल गर्न पनि सरकारलाई आग्रह गरेको छ । प्रवक्ता शर्माले डा. केसीको जीवन रक्षाका लागि पहल गर्न पनि सरकारलाई सचेत गराइएको बताउनु भयो ।

प्रकाशित मिति: १३ माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्