देउवा पूर्वराजासँग बैठकपछि भेटदै पूर्वपञ्च,राजतन्त्र फर्काउन यस्तो बन्यो योजना


 


काठमाडौं, माघ १४

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा र राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी राजतन्त्र फर्काउन पार्टी एकतासहित कांग्रेससँग सहकार्य गर्न सहमत हुनुभएको छ ।

गत बिहीवार साँझ पूर्वराजा ज्ञानेन्द्रसँग लामो डिनर बैठकमा राणा र लोहनीले यस्तो सहमति जनाउनु भएको हो ।

अव बेला आयो, दुवै जना एक भएर कांग्रेससँग सहकार्य गरी राजतन्त्र फर्काउन लाग्नु भन्ने पूर्वराजाको निर्देशनपछि दुवै अध्यक्ष (राणा र लोहनी) ले हुन्छ सरकार भन्दै बैठकबाट कांग्रेस सभापति देउवालाई भेटने समय लिनुभएको छ, देउवासँग राणाले मात्रै भेट गर्ने तय भएको छ

निर्मल निवास स्रोतका अनुसार पर्वराजा ज्ञानेन्द्रले ‘अव बेला आयो, दुवै जना एक भएर कांग्रेससँग सहकार्य गरी राजतन्त्र फर्काउन लाग्नु’ भन्ने निर्देशन दिएपछि राणा र लोहनीले कांग्रेस सभापति शेरबहादुर देउवासँग गोप्य बार्ता गरी संयुक्त आन्दोलन सञ्चालन गर्ने निर्णय सुनाउनु भएको हो ।
‘अव बेला आयो, दुवै जना एक भएर कांग्रेससँग सहकार्य गरी राजतन्त्र फर्काउन लाग्नु भन्ने पूर्वराजाको निर्देशनपछि दुवै अध्यक्ष (राणा र लोहनी) ले हुन्छ सरकार भन्दै बैठकबाट कांग्रेस सभापति देउवालाई भेटने समय लिनुभएको छ, देउवासँग राणाले मात्रै भेट गर्ने तय भएको छ,’ राप्रपाका एक नेताले जनताटाइम्ससँग भने । उनका अनुसार देउवासँग भेटन पूर्वराजा ज्ञानेन्द्रले नै समय तोकिदिनु भएको हो ।

स्रोतका अनुसार डिनर बैठकमा यही माघ १७ गते राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा रास्ट्रबादीबीच पार्टी एकताको घोषणा गर्ने सहमतिसमेत भएको छ । कांग्रेसको आन्दोलनमा सहकार्य गर्दै राजतन्त्र फर्काउने तयारीअनुसार राणा र लोहनीले बिहीवार साँझ पूर्वराजा ज्ञानेन्द्रसँग डिनर बैठक गरेको राप्रपा प्रजातान्त्रिकका एक नेताले बताए ।

सो बैठकमा कमल थापाको पार्टी राप्रपालाई एक्ल्याउने र तुरुन्तै दुई पार्टी मिलेर कांग्रेसको आन्दोलनमा घुस्दै राजतन्त्र फर्काउन बातावरण तयार पार्ने योजना राणा लोहनीले सुनाउनु भएको स्रोतको भनाई छ । दुवै नेताको योजनामा पूर्वराजाले राम्रो काम भन्दै आवश्यक सवै सहयोग गर्ने बताउनु भएको छ ।

स्रोतका अनुसार डिनर बैठकबाटै कांग्रेस सभापति देउवालाई फोन गरी भेटबार्ताको समय मिलाइएको थियो । जसअनुसार भोलि सोमवार बिहान ९ बजे राणाले देउवासँग भेटबार्ता गर्ने तय भएको छ । ‘पूर्वराजाको योजनाअनुसार राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाले सोमवार बिहान ९ बजे देउवा निवास बुढानिलकण्ठमा गोप्य बैठक गर्दै हुनुहुन्छ,’ राप्रपा प्रजातान्त्रिकका एक नेताले जनताटाइम्ससँग भने ।

ती नेताका अनुसार ज्ञानेन्द्र, राणा र लोहनीबीचको डिनर बैठकले कमल थापासंग पार्टी एकता नगर्ने निर्णय गरेको छ । कमल थापाको पार्टीबाट सबै ब्यक्ति बाहिर ल्याएर तिमीहरुको पार्टी बलियो बनाइ दिन्छु भन्ने पूर्वराजा ज्ञानेन्द्रको प्रतिवद्धतापछि राणा र लोहनी निकै उत्साहित हुनुभएको पनि स्रोतले बतायो ।

पूर्वराजाको योजनाअनुसार राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाले सोमवार बिहान ९ बजे देउवा निवास बुढानिलकण्ठमा गोप्य बैठक गर्दै हुनुहुन्छ

राणा र लोहनी दुबै अध्यक्ष, केन्द्रीय समितीलगायत सबै तहका समितीहरुमा बराबर हिस्सा (५०/५०) प्रतिशत भागबण्डा गर्ने सहमति पनि भइसकेको स्रोतले बतायो । स्रोतका अनुसार १७ गते अपरान्ह होटेल येलो प्यागोडामा पार्टी एकता कार्यक्रम गोप्यरुपमा तय गरिएको छ ।

प्रकाशित मिति: १४ माघ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्