राष्ट्रिय सभा बैठक आज बस्दै, चिकित्सा शिक्षा विधेयक पेश हुँदै


 


काठमाडौं माघ १४
गत शुक्रबार संघीय संसदको प्रतिनिधिसभाबाट पारित ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ राष्ट्रियसभामा आज पेस हुदैछ । ११ बजेका लागि बोलाइएका बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकलाई सभामा टेबुल गर्ने कार्यसूची रहेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधकाबीच प्रतिनिधिसभाबाट गत शुक्रबार बहुमतले विधेयक पारित भएको थियो । राष्ट्रिय सभाको आजको बैठक पनि कांग्रेसले अवरुद्ध पार्ने चेतावनी दिएको छ ।

विधेयक राष्ट्रियसभाबाट पनि पारित भएमा र सोपश्चात् राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्रै ऐनका रुपमा लागू हुनेछ । विधेयक सहमति विपरित ल्याइएको भन्दै डाक्टर गोविन्द केसी अनसनमै छन् ।

प्रकाशित मिति: १४ माघ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्