नेविसंघद्वारा प्रधानमन्त्रीको पुत्लादहन


 


काठमाडौँ, माघ १५

नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले सरकारको विरोध गर्दै आज काठमाडौंको त्रिचन्द्र क्याम्पसअगाडि प्रदर्शन गरेको छ ।सरकारविरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्लासमेत जलाएका थिए ।

प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्नुका साथै लाठीचार्जसमेत गरेको थियो । लाठीचार्जबाट केही विद्यार्थीहरु घाइते भएका जनाइएको छ । मंगलबार बिहान बालुवाटारमा प्रदर्शन गर्नेक्रममा पक्राउ परेका नेविसंघका कार्यकर्तालाई छाड्न माग गर्दै दिउँसो प्रदर्शन गरिएको हो ।

प्रकाशित मिति: १५ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्