सुनकाे भाउ निरन्तर अाेरालाे लाग्दै


 


भाेजपुर, मंसिर १७

बिहिबार  पहेलाे धातु सुनकाे मूल्य तोलामा ३ सय रुपैयाँले घटेकाे छ । बिहिबार सुन प्रतितोला ३ रुपैयाँले गिरावट आउँदा ४८ हजार रुपैयाँमा कारोबार भएको  सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार पनि सुनको मूल्यमा प्रतितोला १ सय रुपैयाँले घटेर ४८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि मङ्गलबार भने सुन प्रतितोला ४ सय रुपैयाँ बढेको थियो।

चाँदीको भाउ भने स्थिर रहेको छ। चाँदी प्रतितोला ६ सय ७० रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ।

प्रकाशित मिति: १७ मंसिर २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्