अमेरिकी राजदूत आकस्मिक बालुवाटारमा


 


काठमाडौं माघ २३
भेनेजुएला प्रकरणमा नेपाल र अमेरिकाको सम्बन्ध चिसिएको चर्चा चलिरहेका बेला नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर राजदूत बेरीले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।
अमेरिकी राजदूत बेरीलाई केही सम्पादक र कुटनीतिक नियोगले नेपालबिरुद्ध उक्साइरहेका थिए भने अमेरिकाका लागि नेपाली राजदूतलाई अमेरिकाको बिदेश मन्त्रालयले स्पष्टीकरण पनि सोधेको थियो । दुई देशको सम्बन्धमा तिक्तता आउन सक्ने आँकलन गरिरहेका बेला राजदूत बेरीले प्रधानमन्त्री ओलीसँग भेट गरेका छन् ।

प्रमुख सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेनेजुएलामा अमेरिकी हस्तक्षेपको कडा विरोध गरेपछि अमेरिकी राजदूतावासले नेपाल सरकारको आधिकारिक धारणा मागेको थियो । नेपाल सरकारले पनि अध्यक्ष प्रचण्डै शैलीमा बाह्य हस्तक्षेपको विरोध गरेको थियो ।

नेकपाको सचिवालय बैठकले पनि प्रचण्ड र सरकार अबधारणलाई अनुमोदन गरेपछि राजदूत बेरी बालुवाटार पुगेका हुन् । नेपाल सरकारले गर्न लागेको लगानी सम्मेलन प्रभावित नबनोस भनेर नेपाल सरकारले पनि कुटनीति नियोगका प्रमुखहरुलाई आफ्नो धारणा राखिसकेको छ ।

प्रकाशित मिति: २३ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्