ओलीलाई प्रचण्डले हटाउँदै, चीन र भारतको समर्थनमा प्रधानमन्त्री बन्दैछन् (भिडियोसहित)


 


काठमाडौं, २३ माघ 

नेपाल अहिले दक्षिण अमेरिकी मुलुक भेनेजुएलाको कारणले गर्दा निकै चर्चामा परेको छ । भेनेजुएलाको विषयमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले वक्तव्य जारी गरे र त्यसैलाई टेकेर सरकारले पनि वक्तव्य जारी गर्यो । त्यस विषयमा वादबिवाद चलिरहदा नेकपाको बैठकले अध्यक्ष दाहालले जारी गरेको वक्तव्यलाई ठिक छ भनेर अनुमोदन गर्यो । यसपछि नेपालमा दुई खालको बहस भएको देखिन्छ । नेकपा भित्रका नेताहरुले हामी साम्राज्यवादको संरक्षण गर्ने कि समाजवादलाई गर्ने भनेर अडान लिइरहेका छन् ।

भने नेपाली काँग्रेसले संसदिय दलको बैठकनै बसेर अमेरिकाको समर्थन गरेको छ । यी दुई बहसले नेपाललाई दुई भागमा विभाजित गरेको छ । प्रचण्डले त्यति बेला वक्तव्य जारी गरे जुन बेला नेपालमा प्रधानमन्त्री र परराष्ट्रमन्त्री दुवै थिएनन् र उनि स्वयम पनि बिरामी थिए ।

उनले जारी गरेको वक्तव्यको मूल आशय के थियो ? प्रचण्डले किन त्यसरी हतारिदै वक्तब्य जारी गरे ? यसको पछाडीको कारण के हो ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले राजनीतिक विश्लेषक डा. विष्णु दाहालसँग सँग गरेको कुराकानी हेर्नुहोस् :

प्रकाशित मिति: २३ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्