भारतको मिचाहाप्रवृति कहिलेसम्म ? अब एकजुट हुँदै जनता, सरकार किन चुप ? (भिडियोसहित)


 


काठमाडौं, २३ माघ
नेपाल भारत सिमामा हुने दंगाफसाद कुनै नौलो कुरा होइन । भारतिय सिमामा तैनाथ भारतिय सुरक्षाकर्मिहरुको ज्यादती रोक्न तर्फ जती वार्ता गरेपनि भारतियहरुको हेपाहा प्रवृतिमा कमी आएको छैन । दिनदहाडै नेपाल प्रवेश गरेर गोली हानेर फरार हुन्छन् भारतीय अपराधीहरु । श्रम गरेर घरफर्कने क्रममा सिमामा लुटिने नेपालीहरुको बेदनाको श्रृखला कहाली लाग्दो बन्दै गैरहेको छ । खुल्ला सिमाको फाइदा उठाउदै चेलिबेटि बेचविखन गर्ने आपराधिक गिरोहहरु वारीपारी त्यतिकै सक्रिय छन् ।

यी आपराधिक गतिविधी रोक्नेतर्फ कुटनितिक पहलको खाँचो औल्याउने प्रयास नभएका होइन्न्। तर भारतीय दादागीरीको क्रम रोकिएको छैन । दशगजामा रजगज गदै हेपाहा बन्दै गएको भारतिय ज्यादती रोक्ने तर्फ किन अग्रसर हुदैन नेपाल ? के भारतिय अतिक्रमण रोक्न अब जनता नै उठ्नुपर्ने हो ? भारतिय पक्षको यो हेपाहा प्रवृति के हामीले टुलुटुलु हेरेर बस्नुपर्ने हो ?

प्रकाशित मिति: २३ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्