नेपाली सेनाको हौसला बढाउन छाउनी अस्पतालमा प्रधानमन्त्री ओली


 


काठमाडौं, माघ २४
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाले सञ्चालन गरेको छाउनीस्थित वीरेन्द्र अस्पताल पगेर उपचाररत बिरामीहरुको अवस्थाबारे जानकारी लिनुभएको छ ।

प्रधानमन्त्री ओली आज छाउनी अस्पताल पुगेर त्यहाँ सेवारत् चिकित्सक र स्वास्थ्यकर्मीको हौसला बढाउन तथा उपचार गराइरहेका बिरामीको अवस्थाबारे जानकारी लिनुभएको हो ।

आज अपराह्न उक्त अस्पतालको निरीक्षण गरेर त्यहाँ उपलब्ध सेवासुविधा, अस्पतालको सामथ्र्यलगायत विषयमा उहाँले जानकारी लिनुभएको थियो । प्रधानमन्त्री ओलीले सो अस्पतालको सेवामा सुधार गर्न निर्देशन दिनाका साथै अति विशिष्ट कक्ष, आकस्मिक सेवा, हेमोडाइलसिस इकाईको निरीक्षण गर्नुभयो।

प्रधानमन्त्रीसँगै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, प्रधानसेनापति पूर्णचन्द्र थापा, स्वास्थ्य सचिव, निमित्त रक्षा सचिव लगायतले अस्पतालको निरीक्षण गर्नुभएको थियो ।

प्रकाशित मिति: २४ माघ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्