प्रधानन्यायाधीश राणाको उच्च प्रशंसा, गलत निर्णय गर्ने न्यायाधीशमाथि कार्वाही होस्


 


काठमाडौं, माघ २४

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा सांसद योगेश भट्टराईले एनसेलबाट लाभकर असुल गर्ने ऐतिहासिक निर्णय गरेकोमा सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै प्रधानन्यायाधीश चालेन्द्र शमशेर जवरालाई बधाई दिनुभएको छ ।

नेकपाका चर्चित नेता भट्टराईले आज सामाजिक सञ्जालमार्फत प्रधानन्यायाधीश राणाको प्रसंशा गर्दै थप सुधारको आवश्यकता औल्याउनु भएको छ ।

‘एनसेलबाट पुंजिगत लाभकर असुल गर्ने सर्बोच्चको ठहर स्वागतयोग्य छ । यसका लागि न्यायीक नेत्रित्वलाई धन्यवाद,’ भट्टराईले भन्नुभएको छ । उहाँले अव उच्चस्तरीय न्यायिक आयोगमार्फत बिगतमा बदमासी गर्ने न्यायाधीशमाथि छानविन हुनुपर्ने सुझावसमेत राख्नुभएको छ ।

‘अब उच्च स्तरीय न्यायीक आयोग गठन गरी बिगतमा यस बिषयमा गलत र राष्ट्रघाती निर्णय गर्ने न्यायीक र प्रशासनिक क्षेत्रका मानिसहरुलाई कार्बाही गर्नु पर्दछ । अनि मात्र अरुका लागि सबक हुन्छ,’ भट्टराईको भनाई छ ।

प्रकाशित मिति: २४ माघ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्