उर्लाबारीमा राष्ट्रपति आउने भएपछि व्यापक सरसफाई (फोटो फिचरसहित)



उर्लाबारी, माघ २४

मोरङको उर्लाबारी नगरपालिका – ६ स्थित राधिका माध्यमिक विद्यालयको स्वर्ण महोत्सव उद्घाटनका लागि शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएपछि उर्लाबारी नगरपालिका र ग्लोबल युवा क्लबको समन्वयमा हलुका सवारी चालक समुह, सिटीसफारी मजदुर संघ लगायतको उपस्थितिमा आज बिहान उर्लाबारी मुख्य चौकदेखी हाटखोलासम्म सरसफाई गरिएको छ ।

सरसफाई कार्यक्रममा नगरपालिका प्रमुख खड्ग फागोसहित ग्लोबल युवा क्लबका अध्यक्ष प्रेम याक्खा, हलुका सवारी चालक समुहका अध्यक्ष विनोद दाहाल, ग्लोबल युवा क्लबका सल्लाहकार सर्वजित भण्डारी,सिटीसफारी मजदुर संघका अध्यक्ष शिव अधिकारी लगायतको सहभागिता रहेको थियो । तस्विर – सुमन घिमिरे

प्रकाशित मिति: २४ माघ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्