युनिशले जेष्ठ नागरिकसँग जन्मदिनको खुशी साटे



उर्लाबारी, माघ २४

जन्म दिनका अवसरमा तडकभडक फजुल खर्च गरी मनाउने गरिन्छ । तर, उर्लाबारी–५ का एक विद्यार्थीले जेष्ठ नागरिकमाझ आफ्नो जन्मदिन मनाएका छन् ।

झापाको दमकस्थित सरस्वती माविमा कक्षा ९  मा अध्ययरत रहेका उर्लाबारी – ५ स्थित न्युरोड घर भएका १६ बर्षीय युनिश आचार्यको उर्लाबारी परोपकार सेवा केन्द्रका जेष्ठ नागरिकमाझ आफ्नो जन्मदिन मनाएका हुन् । बुधबार परोपकार सेवा केन्द्रमा रहेका जेष्ठ नागरिकहरुलाई खाद्य साम्रगी वितरण गरी उनले आफ्नो जन्मदिन मनाएका छन् ।

उनलाई आमा सम्झना खतिवडा आचार्यले उक्त संस्थासम्म पुर्याएकी हुन् । जेष्ठ नागरिकहरुप्रति सम्मान र सहयोग गर्नु पर्छ भन्ने भावनाको विकास गराउनका लागि छोराको जन्मदिन परोपकार सेवा केन्द्रमा मनाउन प्रेरित गरेको उनले बताइन् ।

प्रकाशित मिति: २४ माघ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्