फेरी गगन थापाले ओलीको समर्थनमा भाषण गर्न थाले ….
गोरखा, २७ माघ
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापाले सरकारले रेल र पानीजहाजको सपना देख्नु गलत नभएको बताएका छन् ।
नेपाली काङ्ग्रेस गोरखाद्वारा पार्टी पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको चौथो स्मृति दिवसका अवसरमा सदरमुकाममा आज आयोजित कार्यक्रममा उनले भने, ‘कुनै पतन प्रधानमन्त्रीले नेपालमा रेलको सपना देख्नु गलत होइन, पूर्वाधार नभएको देशमा पूर्वाधार चाहिन्छ, त्यसमा उडाउनुपर्ने कुरा छैन तर रेल पहिले कि देशलाई आर्थिक जोखिमबाट जोगाउने काम पहिला हो भन्ने मात्र हो ।’
अहिले आर्थिक जोखिममा परेको नेपाललाई आर्थिक जोखिमबाट मुक्त गर्नतर्फ सरकार लाग्नुपर्ने भए पनि सरकारको पहिलो प्राथमिकताको विषय अलग हुनु गलत भएको उनको भनाइ छ । नेता थापाले देशमा लगानीको उपयुक्त वातावरण अझै बन्न नसकेको भन्दै देशभित्रको उद्योगधन्दा र आर्थिक क्रियाकलाप चलायमान भए मात्र वैदेशिक लागनी भित्र्याउन सकिनेमा जोड दिए । उनले वर्तमान सरकार इतिहासकै सबैभन्दा शक्तिशाली र अनुकूल वातावरण पाएको सरकार भएको भन्दै जनताले सरकारसँग बढी अपेक्षा गर्नु स्वाभाविक भएको बताए ।
अर्को फरक प्रङ्सगमा नेता थापाले चुनावमा पराजय हुनासाथ पार्टी सकियो भन्ने र सरकारले नराम्रो गरेकाले हामी अबको चुनाव जित्छौँ भन्ने काङ्ग्रेसमा रहेका दुवै खालको सोच गलत भएको तर्क गरे ।
रासस
प्रकाशित मिति: २७ माघ २०७५, आइतबार












