तुइनमुक्त बनाउने प्रधानमन्त्रीको घोषणा पूरा भएन


 


काठमाडाैं माघ २७
दुई वर्षभित्र देशलाई तुइनमुक्त बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा साढे तीन वर्षमा पनि पूरा हुन सकेको छैन । पहिलो पटक प्रधानमन्त्री हुँदा पदभार ग्रहण गर्ने क्रममा २५ असोज ०७२ मा ओलीले दुई वर्षभित्र देशलाई तुइनमुक्त बनाउने निर्णय गरेका थिए ।

मुलकभर अझै २० वटा तुइन प्रतिस्थापन हुन नसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालका अनुसार देशभर रहेका १३५ तुइनमध्ये ११५ तुइन प्रतिस्थापन भइसकेको छ ।

बाँकी तुइन हटाउन सबै स्थानीय तहलाई परिपत्र

प्रधानमन्त्री ओलीको घोषणासँगै तुइनमुक्त बनाउने अभियानलाइ सफल बनाउन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कार्ययोजना बनाएको थियो ।

घोषित अवधिमा तुइन प्रतिस्थापन हुन नसकेपछि आवश्यक परेका स्थानीय प्रशासनसमेतको सहयोग लिई यथाशक्य तुइन हटाउने मन्त्रालयले गत बिहीबार सबै स्थानीय तहलाई परिपत्र गरेको छ । यो समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।

प्रकाशित मिति: २७ माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्