मोटरसाइकललाई ठक्कर दिदा दुई जनाको मृत्यु



रबिन्द्र यादव/ नवलपरासी पश्चिम २९ माघ

पूर्वपश्चिम राजमार्ग अन्र्तगत कावासोती १६ डण्डामा पश्चिमबाट पूर्व तर्फ जादै गरेको बा ३ ख ९१५८ नं.को दुध बोक्ने ट्याङ्करले पुर्ब बाट पश्चिम तर्फ जादै गरेको बा २८ प २०३१ नं. को मोटरसाइकललाइ ठक्कर दिदा मोटरसाइकलमा सवार दुई जना गम्भिर घाइते भएका थिए ।

घाइते दुवैको मध्यबिन्दु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय नवलपुरले जानकारी दिएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मध्यबिन्दु २ का बर्ष ४२ बर्षका युवराज घिमिरे र मोटरसाइकलमा पछाडी सवार सोही ठाउ बस्ने बर्ष ३६ का पिताम्बर पाठक रहेको प्रहरीले जानकारी दिएको छ । ट्याङ्कर र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रकाशित मिति: २९ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्