गृहमन्त्रीले भनेः काम गर्न नसके राजनीतिक दबावको बहाना नबनाउनु !



काठमाडौं २९ माघ
गृहमन्त्री रामबहादुर थापाले कमजोर कार्यसम्पादनबाट जोगिन प्रहरीले राजनीतिक दबावको बहाना बनाउन नहुने बताएका छन् । उनले राजनीतिक अभिष्ट पूरा गर्न अपराधलाई अतिरञ्जित गरिएको भन्दै त्यसो नगर्न पनि आग्रह गरे ।

नेपाल प्रहरीको तालिम केन्द्रमा मंगलबार बिहान आयोजित प्रहरी इन्स्पेक्टरहरुको दीक्षान्त समारोहमा बोल्दै उनले नीतिगत तहमा राजनीतिक प्रभाव भए पनि अन्यमा नरहेको जिकिर गरे ।

‘प्रहरीले काम गर्न नसक्दा राजनीतिक दबाव र प्रभावलाई बहाना बनाउनु हुन्न’, गृहमन्त्री थापाले भने, ‘नीतिगत तहमा स्वभाविक रूपमा राजनीतिक दबाव छ । तर, अन्यमा प्रहरी नै जिम्मेवार छन् ।’

प्रतिपक्ष दलहरुले प्रहरीका पछिल्ला केही अनुसन्धानप्रति प्रश्न उठाइरहेका बेला गृहमन्त्री थापाले प्रतिपक्षको नाम नलिई त्यसलाई राजनीतिक अभिष्ट पूरा गर्न चालिएको अतिरञ्जित कदमको संज्ञा दिए । अपराधलाई अतिरञ्जित गरिए पनि त्यसमा प्रहरी सचेत हुनुपर्ने गृहमन्त्री थापाको भनाइ छ ।

‘राजनीतिक अभिष्ट पूरा गर्न अपराधलाई अतिरञ्जित गरेर प्रस्तुत गर्ने गरिएको छ’, गृहमन्त्री थापाले भने, ‘यस्तोमा निर्दोष फस्न सक्ने भएकाले सचेत हुन जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News