संविधान अध्ययन नै नगरी हचुवामा विधयेक पारित गरेर हुदैँन : नेकपा सांसद शर्मा


 


काठमाडौं माघ २९
मंगलबार प्रतिनिधि सभा बैठकमा पूर्व गृहमन्त्री तथा नेकपा सांसद जनार्दन शर्मा प्रभाकरले असन्तुष्टि जनाउनु भएको छ । सांसद शर्माले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण तथा समन्वय) विधेयकप्रति गम्भीर असन्तुष्टि जनाउनु भएको हो ।
उहाँले प्रदेश सरकारलाई कमजोर बनाउने गरी ल्याईएको सो विधयेकबारे सरकार गम्भिर बन्नु पर्ने धारणा राख्नु भएको छ ।

प्रदेश सरकारलाई भन्दा माथि सिडियोलाई राखेर अधिकार दिइएको भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभयो । संविधान अध्ययन नै नगरी हचुवाको भरमा विधयेक तयार पारिएको र यदि संसदबाट सो विधेयक पारित भएका द्धन्द्धात्मक स्थिती श्रृजना हुने उहाँको धारणा रहेको छ ।

प्रदेश सरकारलाई कमजोर बनाउने गरी सो विधेयक ल्याईए पनि कार्यान्वन हुन नसक्ने ठोकुवा गर्नुभयो

प्रकाशित मिति: २९ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्