प्रधानमन्त्री रोजगार कार्यक्रम आज घोषणा हुँदै


 


काठमाडौं फागुन १
आन्तरिक श्रम बजारमा रहेको रोजगारीको सम्भावनालाई व्यवहारमा रुपान्तरण गर्न सरकारले आजदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न लागेको छ । पूँजीगत खर्चको निश्चित प्रतिशत रोजगारी प्रवद्र्धनमा छुट्टयाउनुपर्ने कानूनी व्यवस्था गरेर भएपनि रोजगारीको थप अवसर सिर्जना गर्ने सरकारको तयारी छ ।

आगामी पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारीलाई निरुत्साहन गर्ने नीतिअनुरुप आन्तरिक रोजगारीका क्षेत्र र दायरालाई विकास एवं विस्तार, श्रमको सम्मान गर्ने वातावरणको सिर्जना गर्दै राष्ट्रिय समृद्धिमा योगदान गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

रोजगार कार्यक्रम सञ्चालन भएसँगै जोखिमपूर्ण काममार्फत न्यून आयआर्जन गनैकै लागि उच्च लागत व्यहोरेर विदेशिनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुने सरकारको विश्वास रहेको छ ।

प्रकाशित मिति: १ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्