५ वर्ष पर्खनुहोस्, बाध्यताले कोही पनि परदेश जानु पर्दैन (भिडियो सहित
काठमाण्डौ फागुन १
केपी शर्मा ओली नेतृत्वको सरकारले एक वर्ष पूरा गर्दैछ । यो सरकारबाट नागरिकले धेरै आशा र अपेक्षा राखेका थिए । तर अर्थतन्त्रका सबैजसो सूचक सुस्त हुनु, विकास खर्चको अवस्था निराशाजनक हुनु, चर्को ब्याजदरका कारण उद्योग व्यवसाय क्षेत्र अस्तव्यस्त हुनुलगायतका कारणले आर्थिक हिसाबमा सरकारका एक वर्ष निराशाजनक नै देखिए ।
तर एक वर्षको बीचमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भने केही आशलाग्दो काम गरेको छ । श्रमिकको न्यूनतम तलब बढाएर १३ हजार ४ सय ५० कायम गर्ने, निजी क्षेत्रमा काम गर्ने श्रमिकले पनि पेन्सन पाउने गरी सामाजिक सुरक्षा कार्यक्रम लागू गर्नेलगायतका धेरै काम गरेको मन्त्रालयले बुधबार प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गर्दैछ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमले बेरोजगारलाई रोजगारी दिन सहयोग पुग्ने र यस्तै अरु कार्यक्रमबाट परदेश जाने युवाहरुलाई रोक्ने श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको योजना छ । ५ वर्षपछि कुनै पनि नेपाली युवा देशमा रोजगारी नपाएर परदेश जान बाध्य हुने अवस्था अन्त्य गर्ने उहाँको दाबी छ ।
प्रकाशित मिति: १ फाल्गुन २०७५, बुधबार












