नेपालका कम्युनिस्टहरुले संसारलाई नै आश्चर्य पारेका छन् : प्रचण्ड


 


काठमाडौं, फागुन १

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसारले नेपाललाई ध्यानपूर्वक हेर्नैपर्ने भएको बताएका छन् ।

जनयुद्ध दिवसको अवसरमा बुधबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रचण्डले यसले नेकपाको एकतालाई अझ सुदृढ बनाउने बताए ।

उनले कम्युनिस्ट आन्दोलनको दुई धार (संसदीय बाटो र सशस्त्र विद्रोह) ले कुनै समय एकअर्कालाई सिध्याउने र आफू मात्र स्थापित हुने प्रयास गरेको स्मरण गरे । अहिले दुबै मिलेर मदन भण्डारी स्मृति दिवसमा पार्टी एकता गर्नु र विद्रोह थालेको दिन देशभर मनाउनु दुई ऐतिहासिक परिघटना भएको उनको दाबी छ ।

प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओली सरकारको एक वर्ष पुगेको अवसरमा नगरी नहुने कामको चापले मात्र कार्यक्रममा आउन नसकेको उनले बताए । दुबैको समझदारीबाट देशभर कार्यक्रम तय गरिएको भन्दै नेकपाका अध्यक्ष प्रचण्डले भने, ‘यसअर्थमा हामीभित्र नयाँ एकताको आधार बनाएको छ ।’

पार्टी एकता ढिलो भएकोमा के होला भन्ने चिन्ता भइरहेका बेला भएको यो कार्यक्रमले केही दिनभित्र पार्टी एकता टुंग्याउने प्रेरणा दिएको समेत उनले बताए । उनले नेपालका कम्युनिस्टहरुले संसारलाई नै आश्चर्य पार्ने काम गरिरहेको बताए । अनलाईन खबरबाट

प्रकाशित मिति: १ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्