कुरा लगाएर नेकपाभित्र समस्या ल्याउने प्रयास भइरहेको छ : प्रधानमन्त्री


 


काठमाडौं फागुन १
प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई भाड्ने खेल भइरहेको आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले आज (बुधबार) ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ शुभारम्भ गर्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘बा–आमालाई एक–अर्काबारे कुरा लगाएर झगडा गराए जस्तो नेकपामा पनि समस्या ल्याउने प्रयास भइहेको छ । अहिले सरकार सञ्चालन गर्ने पार्टी नेकपा हो । त्यसभित्र समस्या पैदा गर्ने कोशिस गरिरहेका छन् ।’ उनले नेकपा मात्र बलियो नभएर सिंगो सरकार नै बलियो भएको बताउँदै यही सरकारको पालोमा नै अन्तराष्ट्रिय सम्बन्ध मजबुत भएको भन्दै, सरकार विफल बनाउनको लागि जति नै रोई–कराई गरे पनि सफल हुन नसक्ने दाबी गरेका छन् ।

उनले थपे, ‘यस्ता प्रयासहरु थुप्रो भएका छन् तर, प्रयास नगरेको पनि हुन्छ ।’ त्यस्तै उनले दुईतिहाइको सरकार गठन भएको एक वर्ष पूरा हुन लागेको बताउँदै यो सरकारले पाँच वर्षको कार्यकाल नै पूरा गर्ने दाबी समेत गरेका छन् ।

प्रकाशित मिति: १ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्