सुनकाे मूल्य कति पुग्याे ?


 


भाेजपुर, मंसिर २९

मंगलवार सुन प्रतितोला ४ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४८ हजार ५ सय रुपैयाँमा कारोवार भएको छ। यसअघि हिजो ४८ हजार ९ सय रुपैयाँ रहेको थियो।

त्यस्तै तेजाबी सुन प्रतितोला ४८ हजार २ सय ५० रुपैयाँमा कारोवार भएको छ। चाँदीको मूल्य भने स्थिर रहेको छ। यो साताभर चाँदीको भाउमा कुनै घटबढ भएको छैन। चाँदीको मूल्य प्रतितोला ६ सय ७५ रुपैयाँ रहेको छ।

प्रकाशित मिति: २९ मंसिर २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्