गाउँमा सडक पुगेकाे छैन, गाडी किन्ने होडमा जनप्रतिनिधि


 


संखुवासभा फागुन ८
गाँउपालिकाको केन्द्रसम्म पुग्ने सडक छैन । सडक नपुगेका स्थानमा गाडी खरीद गर्ने जनप्रतिनिधिको होडबाजी नै चलेको छ ।

संखुवासभाको विकट उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा अहिले ७ किलोमिटर सडक सुचारु भएको पाइन्छ । भोटखोला गाउँपालिकामा ७ किलोमिटर सडक सञ्चालनमा रहेपनि पालिकाले ४० लाख ७५ हजार रुपैयाँमा स्कार्पियो गाडी खरिद गरेको हो । किमाथांका–जोगवनी सडक अन्र्तगत भोटखोलाको ठाडो खोलाबाट बरुण दोभानसम्म यातायत सञ्चान रहेको छ ।

७ किलोमिटर सडकमा हिउँदको समय मात्र गाडी चल्ने गरेको भोटखोला –३ का स्थानिय वाङ्दाबी भोटेको बताए । भोटेले सडक सञ्जाल नपुगी गाडी नै किन्नु गाउँपालिको लागि बोझ मात्र थप्ने काम भएको बताए । उनले केन्द्रसम्म गाडी लैजान सक्ने अवस्था नरहेको गाँउपालिकाले गाडी र मोटरसाइकल खरिद गरेकोे भन्दै आपत्ती जनाए ।

गाडी गाँउपालिका केन्द्र जाने भन्दा पनि सदरमुकाम खाँदबारी मै मात्र सञ्चालन हुने गरेको पाइएको छ । सडक सञ्जाल नै नपुगेको भोटखोलामा प्रत्येक वडाले मोटरसाइकल समेत खरिद गरी सकेका छन् । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति: ८ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्