अाज पनि सुनकाे मूल्य घट्याे, अझै घट्ने संकेत


 


भाेजपुर, पुस ३

काराेबार हुने साताकाे अन्तिम दिन शुक्रबार सुन प्रतितोला ४७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । हिजो बिहिबार सुन प्रतितोला ४८ हजार ४ सय रुपैयाँमा कारेबार भएको थियो।

हिजोको तुलनामा आज सुनमा प्रतितोला ७ सय रुपैयाँले कमी आएको हो । त्यस्तै आज चाँदी प्रतितोला ६ सय ७० रुपैयाँमा कारोबार भएको छ ।

हिजो प्रतितोला ६ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीमा आज प्रतितोला ५ रुपैयाँले कमी आएको हो। सुनकाे मूल्यमा अझै गिरावट अाउने बजार विश्लेषकहरूले बताएका छन् ।

प्रकाशित मिति: ३ पुस २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्