नेकपाको दस्ताबेज पढ्न विपक्षीलाई योगेशको चुनौति


 


पोखरा फागुन १० ‘
नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सासद योगेश भट्टराईले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको बिषयमा नेकपाको खुल्ला दृष्टिकोण रहेको बताउनुभएको छ ।

उहाँले कुरै नबुझिकन नेकपालाई प्रेस तथा अभिब्यत्ति स्वतन्त्रताको विरोधी भएको भनेर विपक्षीले लगाएको आरोपको खण्डन गदै नेता भट्टराईले पार्टीको दस्ताबेज पढ्न विपक्षीलाई चुनौति दिनुभयो । उहाँले भन्नुभयो हाम्रो पार्टीको प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको विषयमा पार्टीको विधानको प्रस्ताबनमा भएकोे स्मरण गराउदै विपक्षीलाई भन्नुभयो नेकपालाई प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता विरोधी भन्नेहरुले नेकपाको विधान खोजी खोजी अध्ययन गर्न तथा त्यो पनि नभए अनलाईन बाट लिएर अध्ययन गर्न साथै त्यो पनि सम्भब नभए पनि ठेगाना दिएमा हुलाक मार्फत पठाईदिने समेत बताउनुभयो ।

नेपाल पत्रकार महासंघको केन्द्रिय साधारणसभामा विहिवार बोल्दै नेकपाको नेता भट्टराईले प्रेस स्वतन्त्रता अभिब्यक्ति स्वतन्त्रता र मानव अधिकारको बिषयमा पार्टीको विधानमा अपरिर्वननिय तथा असम्सोधनीय भनेर उल्लेख गरेको बताउनुभयो ।

नेता भट्टराईले पछिल्लो एक बर्षमा दुई तिहाईको दम्भ र अधिनायकबाद भन्ने शब्दमा विपक्षीहरुले देशभरी नै सप्ताह पूराण लगाएको आरोप समेत लगाउनुभयो ।
सरकारले केही नगरेको भन्ने आरोपको खण्डन गदै भट्टराई सरकारको एक बर्ष तीन तहलाई संस्थागत गर्ने म्यान्डेट भएको उल्लेख गदै अबको चार बर्षमा विकासको गति लिने बताउनुभयो । उहाँले सरकार पार्टी र मिडियाको सम्बन्ध नङ र मासुको सम्बन्ध रहेको समेत बताउनुभयो । महासंघको केन्द्रीय साधारणसभा शुक्रवार सम्पन्न हुने छ ।

प्रकाशित मिति: १० फाल्गुन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्