अमेरिका र भारतका सेनालाई पछि पार्दै नेपाली सेनाका कार्की भए प्रथम


 


काठमाडौं फागुन १० ‘
नेपाली सेनाको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भएको सि सं २५ कमाण्ड तथा स्टाफ तालिमको बिहीबार समापन भएको छ। उक्त तालिममा नेपाली सेनाका तर्फबाट पहिलोपटक एकजना महिला स हित ४९ अधिकृतहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट १र१ गरी ३ अधिकृतहरुलगायत मित्रराष्ट्र बंगलादेश, भारत, लेवनान, माल्दिभ्स, पाकिस्तान, श्रीलंका, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिकाका १–१ र चीनबाट २ गरी १० विदेशी शिक्षार्थीसहित जम्मा ६२ जना अधिकृतहरुले सो तालिम सफलतापूर्वक सम्पन्न गरी दिक्षित भए।

सन् २०१० बाट विदेशी शिक्षार्थीहरु सहभागी गराईएको उक्त तालिममा हालसम्म विभिन्न देशका ७३ जना विदेशी शिक्षार्थीहरु दीक्षित भइसकेका छन्। उक्त तालिमको मास्टर्स इन स्टाटेजीक स्टडीमा नेपाली सेनाका सेनानी प्रतिकसिंह कार्की प्रथम भए।कमन्डेन्ट पेप रमा नेपाली सेनाकै सेनानी सुनिल विष्ट र सेनानी प्रतिकसिंह कार्की संयुक्त रुपमा प्रथम भए। दीक्षान्त समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले कमाण्ड तथा स्टाफ तालिममा प्रथम हुने सेनानी प्रतिकसिंह कार्कीलाई उत्कृष्ट शिक्षार्थी पुरस्कर दिए।कार्यक्रममा, विदे शी सैनिक सहचारीहरु, वरिष्ठ प्राध्यापकहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु अवकाश प्राप्त रथीहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: १० फाल्गुन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्