राँगाले हान्दा एक वृद्धको मृत्यु, प्रहरीले गोली हानेर राँगा मार्यो

काठमाडौं फागुन ११
काठमाडौंको चन्द्रागिरिमा राँगाले हानेर एक वृद्धको मृत्यु भएको छ । काटने क्रममा किर्तिपुरवाट भागेको राँगाले हान्दा चन्द्रागिरि नगरपालिका ९ का मानवीर महर्जनको मृत्यु भएको हो । मर्निङ वाकमा निस्केको महर्जन राँगाको आक्रमणवाट घाइते भएका थिए ।
उनको किर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आक्रमणवाट अन्य एक जना गम्भिर घाइते भएका छन् । उनको पहिचान खुल्न बाँकी छ । राँगाले विहान मर्निङ बाकमा निस्केका थुप्रैलाई सामान्य घाइते बनाएको स्थानीयले जनाएका छन् ।
राँगाले सर्वसाधारणलाई आक्रमण गर्न थालेपछि प्रहरीले गोली हानेर मारेको छ । किर्तिपुरवाट निस्केको राँगोलाई दहचोक चौकीवाट खटिएको प्रहरीले गोली हालेर मारेको हो ।
प्रहरीले राँगा मार्न दुई राउण्ड गोली प्रहार गरेको थियो । प्रहरीले राँगा धनीको खोजी गरिरहेको छ । राँगाको शरिरमा किला समेत भेटिएकाले काटने क्रममा फुत्केर भागेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
प्रकाशित मिति: ११ फाल्गुन २०७५, शनिबार