आठ किलो चार सय ग्राम चाँदीसहित एक भारतीय नागरिक पक्राउ


 


कपिलबस्तु फागुन ११
कपिलबस्तुमा आठ किलो चार सय ग्राम चाँदीसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत सिद्धार्थनगर जिल्ला उस्कावजारका ७६ बर्षिया ओमप्रकाश बर्मा रहेका छन् ।

बरामद भएको चाँदी ५ लाख मूल्य बराबरको भएको प्रहरीले जनाएको छ । नेपालबाट भारततर्फ चाँदी लैजादै गर्दा तौलिहवावाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति: ११ फाल्गुन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्