नेपाल कम्युनिष्ट पार्टीलाई ठुलो दुर्घटना कृष्णदास श्रेष्ठको निधन

काठमाडौं फागुन ११
नेपालको कम्युनिष्ट आन्दोलनका पुराना नेता कृष्णदास श्रेष्ठको निधन भएको छ । श्रेष्ठको ८७ वर्षको उमेरमा आज (शनिबार) दिउँसो करिव पौनो दुई बजे शङ्खमूलस्थित आफ्नै निवासमा निधन भएको हो ।
उनको निधनमा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य (किरण)ले गहिरो दुःख व्यक्त गरेका छन् । दिवंगत श्रेष्ठ नेकपा (क्रान्तिकारी माओवादी)का सल्लाहकार थिए ।
सो पार्टीद्वारा प्रकाशित एक विज्ञप्तिमा महासचिव वैद्यले स्व. श्रेष्ठ मार्क्सवादी दर्शनका व्याख्याता, विचारक, लेखक तथा अनुवादकका रुपमा अतुलनीय योगदान रहेको बताउँदै उहाँको निधनले स्तब्ध तुल्याएको उल्लेख गरेका छन् ।
प्रकाशित मिति: ११ फाल्गुन २०७५, शनिबार