बिप्लवसंग यथासाक्य बार्ता गर : गच्छदार


 


काठमाडौ,फाल्गुन ११/

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारले बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सग अबिलम्व वार्ता गर्नुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले हिंसात्मक बाट निकास ननिस्किने भन्दै नेपाल कम्युनिष्ट पार्टी (चन्द)सँग वार्ता गर्नुपर्नेमा जोड दिएका हुन् ।

विगतका घटनाबाट हामीले पाठ सिक्नुपर्नेमा जोड दिँदै उपसभापति गच्छदारले सम्वद्ध पक्षसँग वार्ता गरी समस्या समाधान गर्नका लागि सरकारलाई प्रतिपक्षको सहयोग रहने बताए ।

उनले वर्तमान दुईतिहाइ बहुमतको सरकारले जनताको पक्षमा काम गर्न नसकेको र जनताले परिवर्तनको महसुस गर्न नपाएको आरोप लगाए ।

मुलुकमा राजनीतिक परिवर्तन ल्याउन प्रतिपक्षलगायत अन्य राजनीतिक दलको ठूलो योगदान रहेको छ भन्दै उपसभापति गच्छदारले बहुमतको सरकारले मात्र सङ्घीयताको सफल कार्यान्वयन गर्न नसक्ने जिकिर गरे।

प्रकाशित मिति: ११ फाल्गुन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्